दफा ४७
पुरस्कार दिन सक्ने
  (१) आयोगको केन्द्रीय तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीहरु मध्येबाट प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने तीन जना कर्मचारीको छनौट गरी आयोगले तोके बमोजिमको नगद पुरस्कार दिन सक्नेछ ।
(२) उपदफा (१) को प्रयोजनका लागि उत्कृष्ट काम गर्ने कर्मचारी छनौट गर्ने कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।